Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा विद्युतको पोल हटाइँदै  

काठमाडौंमा विद्युतको पोल हटाइँदै  

  • शुक्रवार, आषाढ १७ २०७९

  • 768
    SHARES

  • काठमाडौंमा विद्युतको पोल हटाइँदै  
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो ।
     
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताउनुभएको छ । 
     
    इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गर्नुभएको छ । 
     
    उहाँले विद्युत् पोल भाडाबारे थप विवाद गर्न नहुने बताउनुभएको छ । सबै मिलेर समस्याको समाधान गर्नुपर्ने भन्दै घिसिङले सेवा प्रदायकसँग बसेर भाडा विषयमा उत्पन्न विवाद सुल्झाउन प्राधिकरण तयार रहेको बताउनुभयो । 
     
    घिसिङले अब विद्युत् प्राधिकरण दूरसञ्चार पूर्वाधार कम्पनीको लाइसेन्स लिन पनि तयार भएको बताउनुभयो । त्यसका लागि तयारी भइरहेको भन्दै उहाँले आफूहरूको लागि दूरसञ्चार सेवाको पूर्वाधारको व्यापार ज्यादै न्यून हिस्सा मात्रै भएको बताउनुभयो । 
     


    शुक्रवार, आषाढ १७ २०७९०३:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij