Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय क्रिकेटरको कोरोना विमा

राष्ट्रिय क्रिकेटरको कोरोना विमा

  • शनिवार, भाद्र ६ २०७७

  • 881
    SHARES

  • राष्ट्रिय क्रिकेटरको कोरोना विमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको कोरोना विमा गरिएको जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेपछि क्यानले राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना विमा गरेको हो ।

    राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षणमा बोलाइँने पुरुष खेलाडीसहित ५०–५१ जनाको कोरोना विमा गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।

    ‘पहिलो चरणमा पुरुष खेलाडी, अफिस र मैदानका कर्मचारीको कोरोना विमा गरेका छौँ, सचिव प्याकुरेलले भन्नुभयो’, ‘तर, प्रक्रियामा रहेकाले अहिले नै विमा भइसकेको भन्न चाहिँ मिल्दैन ।’

    कोरोनाका कारण हाल नेपालमा खेल गतिविधि ठप्प छन् । क्यानले पनि भदौ १ बाट बन्द प्रशिक्षण सुरु गर्ने जनाएको थियो । तर पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्दै गएपछि क्यानले प्रशिक्षण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

    क्यानले पहिलो चरणमा पुरुष खेलाडीको विमा गरेको र आगामि दिनमा महिला खेलाडीको पनि विमा गर्न तयारी गरेको सचिव प्याकुरेलले बताउनुभयो ।

    ‘पहिलो चरणमा पुरुष खेलाडीको विमा गरिएको छ । दोस्रो चरणमा अब महिला खेलाडीको गरिने छ’, उहाँले भन्नभयो ।

     


    शनिवार, भाद्र ६ २०७७०५:०५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij