Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशसभा बैठक स्थगित

  • आइतवार, आषाढ १२ २०७९

  • 505
    SHARES

  • बागमती प्रदेशसभा बैठक स्थगित
    काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना माग सम्बोधन नभए सम्म बैठक चल्न नदिने बताउनुभयो। त्यससँगै सभामुखले बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो। 
     
    प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री सालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । 
     
    बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।
     


    आइतवार, आषाढ १२ २०७९०३:३६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij