Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘नेकपा कार्यदलले शनिबार बुझाउने प्रतिवेदनमा झिना–मसिना विषय’

‘नेकपा कार्यदलले शनिबार बुझाउने प्रतिवेदनमा झिना–मसिना विषय’

  • शुक्रवार, भाद्र ५ २०७७

  • 2.0K
    SHARES

  • ‘नेकपा कार्यदलले शनिबार बुझाउने प्रतिवेदनमा झिना–मसिना विषय’


    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ । तर, अपेक्षाकृत पार्टीका तमाम समस्या सम्बोधन गर्नेभन्दा पनि झिना–मसिना कुरालाई समेटेर कार्यदलले औपचारिकता पूरा गर्दै प्रतिवेदन बुझाउन लागेको स्रोतले बताएको छ ।

    शुक्रबार बेलुकासम्म सम्भव नभए शनिबार बिहानै प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले बताउनुभयो । आजै प्रतिवेदन बुझाउने तयारी भए पनि एक कार्यदल सदस्य भीम रावल अछाम गएकाले आज बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

    कार्यदललाई कुनै समय–सीमा नतोकिए पनि छिट्टै प्रतिवेदन बुझाउने नेताहरुले बताउनुभएको थियो । नेकपाको समग्र विवाद समाधान गर्न भन्दै गत शुक्रबार गठन भएको कार्यदलले शनिबारबाट आफ्नो काम सुरु गरेको थियो ।

    पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरेर काम भइरहेका बेला सरकारले भटाभट राजनीतिक नियुक्ति गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले असन्तुष्टि जनाउनुभएको थियो । सोही क्रममा अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेटेर कार्यदल गठनपछि गरिएका नियुक्तिहरु सच्याउन सुझाव दिनुभएको थियो ।

    कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, महाधिवेशन, मन्त्री र मुख्यमन्त्रीहरुको हेरफेर, महत्वपूर्ण राजनीतिक नियुक्तिलगायत समस्यालाई सम्बोधन गर्न निश्चित विधि बनाउने बुझिएको छ । यसक्रममा अध्यक्ष ओलीले यो कार्यकालभरी सरकार चलाउने र प्रचण्डले पूर्ण अधिकारसहित पार्टी सञ्चालन गर्ने दुई अध्यक्षबीच लगभग सहमति भइसकेको बताइएको छ ।

     


    शुक्रवार, भाद्र ५ २०७७०७:०५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij