नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारले तत्काल बाध्यकारी व्यवस्था सच्याउनुपर्ने माग राख्नुभएको हो ।
सरकारले साउन १ गते भित्र बागमती र गण्डकी प्रदेशमा चल्ने २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको छ ।
थापाले यही उर्दी तत्काल सच्याउन र सर्वसाधारण नागरिकलाई सास्ती नहुने गरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने वातावरण मिलाउन सरकार समक्ष आग्रह गर्नुभएको छ ।