काठमाडौं । सन्दीप लामिछाने रहेको जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले सेन्ट लुसिया जोउक्ससँग प्रतिस्पर्धा गर्दैछ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा सन्दीपको टिम जमैकाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । सेन्ट लुसियाले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप प्लेईङ सेटमा अटाएका छन् । सन्दीप जमैकाको पहिलो खेलमै प्लेईङ सेटमा परेका हुन् ।
सन्दीपले जमैकाबाट पहिलो पटक खेल्न लागेका हुन् । जमैकाले सन्दीपलाई यस पटक १ करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।