Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्डसंग मेयर बालेनको भेट, के भयो कुराकानी ?

प्रचण्डसंग मेयर बालेनको भेट, के भयो कुराकानी ?

  • शनिवार, जेठ २१ २०७९

  • 710
    SHARES

  • प्रचण्डसंग मेयर बालेनको भेट, के भयो कुराकानी ?
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गर्नुभएको हो ।
     
    काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहनुभएको छ । यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसक्नुभएको छ ।
     
    भेटका क्रममा अध्यक्ष प्रचण्डले मेयर साहलाई बधाई दिँदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिनुभएको छ । अध्यक्ष प्रचण्डले बालेनको जित क्रान्ति भएको समेत उल्लेख गर्नुभयो ।
     
    सोही भेटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । 
     
    शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहने आश्वासन दिनुभएको थियो । 
     


    शनिवार, जेठ २१ २०७९०१:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij