Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केहीले स्वतन्त्रबाट जिते पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउँछन् : प्रचण्ड

केहीले स्वतन्त्रबाट जिते पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउँछन् : प्रचण्ड

  • बुधवार, जेठ १८ २०७९

  • 576
    SHARES

  • केहीले स्वतन्त्रबाट जिते पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउँछन्  : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताउनुभएको छ ।

    केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उहाँले यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

    उहाँले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धराका प्रमुख भने अलि भिन्न तरिकाले आए ।

    यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उहाँले बताउनुभयो ।


    बुधवार, जेठ १८ २०७९०३:५१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij