काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले रोल्पा कारागारमा भएको सुन्दर हरिजनको मृत्युको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ ।
मंगलबार (आज)को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको सट्टामा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताउनुभयो ।
उहाँले केही दिन अघि सुन्दर हरिजनको कारागारमै मृत्यु भएपछि समग्र घटनाको छानबिन गर्नुपर्ने बताउनुभएको हो । सांसद विशंखेले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न उठेको बताउनुभयो ।
सांसद विशंखेले घटनाको छानबिनका लागि संसदीय छानबिन समितिको साथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो।