Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीको जित देखेर सहिदहरु खुशीले हाँसिरहेका छन्ः प्रचण्ड

माओवादीको जित देखेर सहिदहरु खुशीले हाँसिरहेका छन्ः प्रचण्ड

  • शुक्रवार, जेठ १३ २०७९

  • 642
    SHARES

  • माओवादीको जित देखेर सहिदहरु खुशीले हाँसिरहेका छन्ः प्रचण्ड

    कठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले चुनावमा सिद्धान्तले जितेको बताएका छन् ।

    स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै दाहालले माओवादीले प्रचण्डको भिजनले जितेको र प्रचण्ड विचार कार्यान्वयन भैरहेकोमा सहिदहरु हाँसिरहेको बताएका छन् ।

    उनले भने ‘माओवादीले चुनाव हारेपनी सिद्धान्तले जितेको छ, प्रचण्डको भिजनले जितेको छ ,प्रचण्ड विचार कार्यान्वयन भैरहेका छन् यस अर्थमा सहिदहरु हाँसिरहेका छन् ।’

    दाहालले काठमाडौंमा बालेन जसरी आउनु भयो, त्यसलाई आफूले सकारात्मक ठानेको समेत बताएका छन्। ‘बालेन जसरी अगाडी आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु, सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनुभएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु।’ दाहालले भने ।

     

     

     


    शुक्रवार, जेठ १३ २०७९१२:२१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij