काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीले स्थानीय चुनावमा लज्जास्पद हार अर्थात् चुनावमा पार्टी ध्वस्त भएपछि राजीनामा दिएका छन् ।
बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको बताएका हुन् । स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन् ।
मिश्रले अब साधारण सदस्य भने रहिरहने जानकारी दिएका छन् ।
यस चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिका र त्यहाँका दुई वडामा मात्र जितेको छ । जितेका प्रतिनिधिलाई पनि पूर्ण रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।