काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेपछि भ्रष्टाचार अन्त्य भएको बताएका छन् ।
पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता महतले सभापति देउवाले सरकारको कमान सम्हालेपछि कोभिड–१९ व्यवस्थापन राम्रो हुनुका साथै भ्रष्टाचारको पनि अन्त्य भएको बताए ।
यस्तै, प्रवक्ता महतले केपी शर्मा ओलीको सरकार विगतमा पूर्णरुपमा असफल भएको दावी गरे । विगतमा ओली सरकार निकै विवादित र असफल भएको कारणले एमालेप्रति जनताहरुको वितृष्णा फैलिएको समेत बताए ।