एजेन्सी । युरोपा लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । दोस्रो सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र युक्रेनी क्लब शाख्तर डोनेस्कबीच प्रतिस्पर्धा हुनेछ ।
जर्मनीको डुसेलड्रोफमा हुने इन्टर र शाख्तरबीचको खेल नेपाली समय अनुसार राति पौने एक बजेबाट सुरु हुनेछ । मेर्कुर एरिनामा मैदान उत्रदा दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुने छन् । दुई टिमबीचको विजेताले फाइनलमा सेभियासँग खेल्नेछ । फाइनल अगस्ट २२ मा हुनेछ ।
पहिलो सेमिफाइनलमा पाँच पटकको च्याम्पियन सेभियाले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।