Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त, दश प्रतिशत पालिका जनप्रतिनिधिविहीन

२०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त, दश प्रतिशत पालिका जनप्रतिनिधिविहीन

  • शुक्रवार, जेठ ६ २०७९

  • 624
    SHARES

  • २०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त, दश प्रतिशत पालिका जनप्रतिनिधिविहीन

    काठमाडौं । २०७४ को निर्वाचनबाट चयन भएका स्थानीय तहका जनप्रतिनिधिको पदावधि बिहीबार मध्यरातिबाट सकिएको छ । यससँगै मतगणना सम्पन्न नभएका स्थानीय तह जनप्रतिनिधिविहीन बनेका छन् ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालका अनुसार ३० वैशाखमा एकै चरणमा भएको स्थानीय निर्वाचनमा बिहीबार रातिसम्म करिब ९० प्रतिशत नतिजा सार्वजनिक भएको छ भने करिब १० प्रतिशतको मतपरिणाम आउन बाँकी रहेको छ । नेपाली रेडियो नेटवर्कसँगको क्ुराकानीमा सहायक प्रवक्ता अर्यालले शपथ ग्रहण गरिसकेका विजयी जनप्रतिनिधिहरुले भने आजबाट कार्यभार सम्हालेर जिम्मेवारी वहन गर्न सक्ने जानकारी दिनुभएको छ ।

    सबै स्थानीय तहले चाँडै जनप्रतिनिधि पाउने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताएका छन् । 

    संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने तथा धारा २१६ को उपधारा ६ मा नगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ ।

    कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस् :


    शुक्रवार, जेठ ६ २०७९०८:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij