Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेटः रेनुलाई ३ हजार २५८ मतको अग्रता, एमालेका सुवेदी पछिपछि

भरतपुर अपडेटः रेनुलाई ३ हजार २५८ मतको अग्रता, एमालेका सुवेदी पछिपछि

  • बिहिवार, जेठ ५ २०७९

  • 618
    SHARES

  • भरतपुर अपडेटः रेनुलाई ३ हजार २५८ मतको अग्रता, एमालेका सुवेदी पछिपछि

    काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२ हजार ७५० गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६ हजार २३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२हजार ९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २५८ रहेको छ ।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८ हजार ७७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।


    बिहिवार, जेठ ५ २०७९०३:३१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij