काठमाडौं । लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू बुद्धको जन्मस्थलमा आएकोले प्रशन्न भएको बताएका छन् ।
नेपाल आउँदा आफूलाई आध्यात्मिक अनुभूति हुने बताएका प्रधानमन्त्री मोदीले राजनीतिकभन्दा अलग महसुश हुने बताए ।
उनले नेपाल बुद्धको जन्मभूमि भएको दोहोर्याए। सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेलामा पनि उनले नेपालको संसद्मा सोही भाषण गर्दा प्रशंसा पाएका थिए।