Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका सर्लाहीका मतदान अधिकृत बर्खास्त

मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका सर्लाहीका मतदान अधिकृत बर्खास्त

  • शुक्रवार, बैशाख ३० २०७९

  • 721
    SHARES

  • मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका सर्लाहीका मतदान अधिकृत बर्खास्त

    काठमाडौं - सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ।

    मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए।

    साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

    विवादका कारण मतदान अवरूद्ध भएको थियो।

    सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो।

    बैठकमा भएको सहमति अनुसार सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरू गराइएको निर्वाचन अधिकृत यादवले बताए।


    शुक्रवार, बैशाख ३० २०७९०५:५०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij