Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिग रोमान्चक मोडमा

इंग्लिस प्रिमियर लिग रोमान्चक मोडमा

कस्ले मार्ला वाजी ?
  • बिहिवार, बैशाख २९ २०७९

  • 726
    SHARES

  • इंग्लिस प्रिमियर लिग रोमान्चक मोडमा

    काठमाडौं – गएराति भएको खेलमा म्यानचेस्टर सिटीले उल्भसलाई ५–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधिमा आफ्नो पकड मजबुद गरेको छ ।

    सिटीको यो जितसँगै इंग्लिस प्रिमियर लिग निकै रोमान्चक मोडमा पुगेको छ । हाल म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्र्तगत समान ३६/३६ खेल खेलिसकेका छन् ।

    सिटीको ३६ खेलमा ८९ अंक छ भने सिटीको मुख्य प्रतिस्पर्धी लिभरपुलको सोही खेलमा ८६ अंक छ ।

    इंगिलस प्रिमियर लिग अन्र्तगत सिटी र लिभरपुल दुवैले अब समान दुई–दुई खेल खेल्न बाँकी छन् र फुटबल विशेषज्ञका अनुसार अन्तिम दुई खेल निकै महत्वपूर्ण हुनुका साथै नतिजा जसको पक्षमा पनि जान सक्ने आंकलन गरिएको छ ।


    बिहिवार, बैशाख २९ २०७९०३:५३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij