Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दक्षिणपन्थी शक्तिको निस्तेजका लागि गठबन्धन : नेपाल

दक्षिणपन्थी शक्तिको निस्तेजका लागि गठबन्धन : नेपाल

  • शुक्रवार, बैशाख २३ २०७९

  • 800
    SHARES

  • दक्षिणपन्थी शक्तिको निस्तेजका लागि गठबन्धन : नेपाल

    काठमाडौं - दलहरुबीचको एकता मुलुकमा राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ ।

    २०४६ साल, २०६२/०६३ सालको आन्दोलनमा सबै दलहरुको एकताले मुलुकमा परिवर्तन आएको स्मरण गर्दै अध्यक्ष नेपालले हाल पनि दक्षिणपन्थी शक्तिहरुको अराजकताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो ।

    मुलुकको हित चाहाने र आफ्ना सन्तानको भविष्य चाहाने हो भने गठबन्धनलाई रोज्न नेपालको आग्रह छ । एकीकृत भएको एकतालाई धुजाधुजा पारेर एमाले अध्यक्ष ओलीले अधिनायकवादको प्रतिनिधित्व गरेको नेपालको अरोप छ ।

    नेपालले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, रोजगार, पर्यावरणमैत्री अर्थतन्त्र निर्माण, नयाँ विज्ञान र प्रविधिको विकासका निम्ति स्थायी राजनीति चाहिन्छ, जसका लागि गठबन्धन अहिलेको विकल्प हो ।’

    काठमाडौंको भविष्यलाई सुनिश्चित गर्नका लागि गठबन्धनको प्रतिवद्धतापत्र नै काफी रहेको नेपालको दाबी छ । गठबन्धनका साझा उम्मेदवार हरेक रुपमा सबल रहेको उहाँको भनाइ छ ।


    शुक्रवार, बैशाख २३ २०७९०४:४९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij