काठमाडौं । सत्तारुढ गठबन्धनको संयुक्त चुनावी जनसभा भरतपुरमा जारी छ । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका लागि भरतपुर पुगेका छन् ।
संयुक्त चुनावी जनसभाको सम्बोधन गर्दै गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गर्नुभएको छ ।
उहाँले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ती कामहरु कास्टिङ मात्रै भएको बताउनुभयो । उहाँले आफु पुनः महानगरको प्रमुखमा विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुरा गर्ने भन्दै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताउनुभयो ।