Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज: मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज: मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य

  • बुधवार, चैत्र १६ २०७८

  • 906
    SHARES

  • त्रिकोणात्मक टी-ट्वान्टी सिरिज: मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो ।

    खेलको पहिलो बलमा करण केसीले विरनदीप सिंहलाई बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । पहिलो बलमा विकेट गुमाएको मलेसियाका जुबाइदी जुल्किफ्ले र कप्तान अहमद फाजीले ४९ रनको साझेदारी गर्दै मलेसियालाई मध्यम सुरुवात दिलाए ।

    जुबाइदीले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । अहमदले ३८ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडे ।

    सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।


    नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए । करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन दिंदै १ विकेट लिए ।

    यसअघि नेपाल र मलेसियाले सिरिजमा पपुवा न्युगिनीलाई पराजित गर्दै सुखद सुरुवात गरेका थिए ।


    बुधवार, चैत्र १६ २०७८०२:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij