Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पीएनजीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी

पीएनजीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी

  • मंगलवार, चैत्र १५ २०७८

  • 627
    SHARES

  • पीएनजीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी

    काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले विजयी सुरुआत गरेको छ । मंगलबार भएको खेलमा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको हो ।

    त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन बनायो । ​पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै नोर्मान भानुवाले ४५ रन बनाए ।

    बलिङतर्फ मलेसियाका लागि शर्भिन मुनियाण्डीले चार विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले तीन÷तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय पारी खेले ।

    मलेसियाका विरन्दिपले अविजित रहदै ५९ रन बनाए । त्यस्तै अहमद ५६ रनमा आउट भए । यस्तै साएद अजिज ४७ रनमा आउट भए ।​ बलिङतर्फ पीएनजीका लागि नोर्मन भानुवाले २ विकेट लिए । त्यस्तै नोसेन पोकानाले १ विकेट लिए ।

    मलेसियाले जितसँगै एक खेलबाट २ अङ्क जोड्यो । यता पीएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।


    मंगलवार, चैत्र १५ २०७८०४:३९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij