Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

  • बुधवार, चैत्र २ २०७८

  • 972
    SHARES

  • पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ ।

    यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

    खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए ।

    करण केसीले अविजित रहदै २९ रन बनाए । पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २–२ विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

    पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे ।

    यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १र१ विकेट लिए ।

    अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

    नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।


    बुधवार, चैत्र २ २०७८०६:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij