Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

  • मंगलवार, चैत्र १ २०७८

  • 999
    SHARES

  • नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ ।

    साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तव्य देश हो । कामका सिलसिलामा झण्डै चार लाख नेपाली साउदी अरबमा छन् ।

    साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौँ आउनुभएको थियो ।

    नेपाल भ्रमणमा रहेका साउदी विदेशमन्त्री फैजलले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गने कार्यक्रम रहेको छ । विदेशमन्त्री फैजल आजै बेलुका स्वदेश फर्किँदै हुनुहुन्छ ।


    मंगलवार, चैत्र १ २०७८०१:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij