Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाइ समितिको आह्वान

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाइ समितिको आह्वान

  • सोमवार, फाल्गुण ३० २०७८

  • 672
    SHARES

  • सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाइ समितिको आह्वान

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

    सोमबार(आज) सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीश पदमा न्यायपरिषद्बाट आएका विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

    संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

    मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने सभापति कर्णले बताए ।


    सोमवार, फाल्गुण ३० २०७८०२:२१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij