Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित हुनु दुर्भाग्यपूर्ण : पोखरेल

राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित हुनु दुर्भाग्यपूर्ण : पोखरेल

  • शनिवार, फाल्गुण २८ २०७८

  • 1.2K
    SHARES

  • राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित हुनु दुर्भाग्यपूर्ण : पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको दाबी गरेका छन् ।

    शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताएका हुन् ।

    वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको दावी गरे ।

    ‘एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । त्यसले निश्चित एजेण्डाहरु, पोलिटिकल स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरा देश बनाउने सपनाहरुलाई जागृत गर्ने कुरा गरेको छ’ उनले भने, ‘अर्को पोल गठबन्धनको पोल छ । यो गठबन्धनको बारेमा मैले केही भन्नु पर्दैन ।’

    राजनीतिक क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

     


    शनिवार, फाल्गुण २८ २०७८०५:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij