Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्ता छन् माओवादीको केन्द्रीय समितिमा छलफल हुने ६ एजेण्डा

यस्ता छन् माओवादीको केन्द्रीय समितिमा छलफल हुने ६ एजेण्डा

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 603
    SHARES

  • यस्ता छन् माओवादीको केन्द्रीय समितिमा छलफल हुने ६ एजेण्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ ।

    तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबट रिर्पाटिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।

    यस्तै एमसीसी अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र बहस र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्‍याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए ।

    प्रतिनिधिसभाबाट व्‍याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए । सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

    एजेण्डाको तेस्रो नम्बरमा संगठनात्मक कामबारे छलफल हुने उल्लेख छ जहाँ महाधिवेशनबाट टुंगो लाग्न बाँकी रहेका महासचिवसहितका पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, पोलिटब्यूरो, स्थायी समितिबारे छलफल हुनेछ ।

    एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ ।

    एजेण्डाको छैठौं नम्बरमा विविध विषयअन्तर्गत रामवृक्ष यादवको सालिकबारे पनि छलफल हुनेछ । माओवादीको गत महाधिवेशनमै यादवको सालिक हटाएको विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए ।

    महोत्तरीको बर्दिवास नगरपालिका(११ स्थित खयरमारामा रामवृक्षको सालिक राखिएको थियो । पछि निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरी, यादवको सालिक हटाएर निर्मल लामाको सालिक स्थापना गरिएको थियो । यो विषयलाई लिएर माओवादीभित्र असन्तुष्टी र बहस चल्दै आएको छ ।

    यस्तै, नेकपा एकता केन्द्र मसालसंगको बाँकी कामबारे छलफल गर्ने एजेण्डा पनि विविध अन्तर्गत राखिएको छ । पार्टी एकता भएर आएको लामो समयपछि यो एजेण्डाले पुनः माओवादीमा प्रवेश पाएको हो ।

    श्रेष्ठ नेतृत्वको एकताकेन्द्र र माओवादीबीच २०६५ पुस २९ गते एकता भएको थियो भने औपचारिक घोषणा २०६५ माघ २२ गते भयो र नाम एकीकृत नेकपा माओवादी केन्द्र रह्‍न गएको थियो ।

    खासगरी पछिल्लो समय एमसीसीलाई लिएर अन्तरविरोध चर्किएपछि नारायणकाजी श्रेष्ठलाई विश्वासमा लिन यो एजेण्डालाई केन्द्रीय समितिमा पेश गरिएको हो ।

    नागरिकता लगायतका महत्वपूर्ण विधेकहरु संसदमा अड्किएकोले यसलाई अगाडि बढाउने लगायतका विषयलाई विविध अन्तर्गत राखिएको छ ।


    शुक्रवार, फाल्गुण २० २०७८०३:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij