Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सैन्य गठबन्धन अस्वीकार्य, नेपाली कानून उल्लंघन गरे एमसीसी खारेज गर्नसक्ने

सैन्य गठबन्धन अस्वीकार्य, नेपाली कानून उल्लंघन गरे एमसीसी खारेज गर्नसक्ने

  • आइतवार, फाल्गुण १५ २०७८

  • 1.0K
    SHARES

  • सैन्य गठबन्धन अस्वीकार्य, नेपाली कानून उल्लंघन गरे एमसीसी खारेज गर्नसक्ने

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गर्ने भएको छ ।

    सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित मिलेनियमब च्यालेन्ज कम्प्याक्ट अनुमोदन गर्ने सहमति जुटाएका छन् ।

    एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र लचिलो भएका हुन् । दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको प्रस्तावमा शीर्ष नेताहरु पनि सहमत भएपछि आइतबार बसेको गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको सहमति जुटेको छ ।

    अहिले संसदमा सैद्धान्तिक छलफल भइरहेको छ । त्यसपछि मन्त्रिपरिषद्ले व्याख्यात्मक घोषणासम्बन्धी प्रस्ताव पास गरेर संसदमा लैजाने छ र एमसीसी अनुमोदन हुनेछ ।


    आइतवार, फाल्गुण १५ २०७८०५:०९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij