Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधवसंगको सहमतीपछि देउवा आन्तरिक छलफलमा

माधवसंगको सहमतीपछि देउवा आन्तरिक छलफलमा

  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 746
    SHARES

  • माधवसंगको सहमतीपछि देउवा आन्तरिक छलफलमा

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपाल बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजी भएको छ ।

    सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् ।

    नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवा पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।

    उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेको बुझिएको छ ।


    शुक्रवार, फाल्गुण १३ २०७८०२:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij