काठमाडौं । विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।
१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन ।
एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ एमाले नेता पार्वत गुरुङका अनुसार तत्काललाई ९ सदस्यीय विभाग गठन हुनेछ । पछि ३५ सदस्यीय बनाउने निर्णय भएको छ ।