Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

’ए’ डिभिजन लिग : मछिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

’ए’ डिभिजन लिग : मछिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

  • बुधवार, फाल्गुण ४ २०७८

  • 634
    SHARES

  • ’ए’ डिभिजन लिग : मछिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

    काठमाडौँ । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार(आज) भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् ।

    मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

    यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ ।

    सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौं स्थानमा रहेको छ ।


    बुधवार, फाल्गुण ४ २०७८०३:०१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij