Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बुटवलमा कार दर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवलमा कार दर्घटना हुँदा ३ जनाको मृत्यु

  • सोमवार, माघ २४ २०७८

  • 836
    SHARES

  • बुटवलमा कार दर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं – रूपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

    सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

    ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो।

    दुर्घटनामा घाइते दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    बिहान ५ बजेतिर भएको घटनामा परी बुटवल १३ का अन्दाजी २७–२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्।

    घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    सोमवार, माघ २४ २०७८०१:१०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij