Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मरिससको फुटबल टिम काठमाडौंमा, यसअघि नेपाल र मरिससबीचको प्रतिस्पर्धा यस्तो थियो !

मरिससको फुटबल टिम काठमाडौंमा, यसअघि नेपाल र मरिससबीचको प्रतिस्पर्धा यस्तो थियो !

  • सोमवार, माघ १० २०७८

  • 688
    SHARES

  • मरिससको फुटबल टिम काठमाडौंमा, यसअघि नेपाल र मरिससबीचको प्रतिस्पर्धा यस्तो थियो !

    काठमाडौं – नेपालसँग दुइटा मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिम काठमाडौं आइपुगेको छ। मरिसस सोमबार काठमाडौं आइपुगेको हो।

    मरिसस र नेपालबीच दशरथ रंगशालामा आगामी शनिबार र मंगलबार गरी दुइटा मैत्रीपूर्ण हुँदैछ। साफ च्याम्पियनसीपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रन लागेको हो।

    यस्तै सेप्टेम्बरपछि नेपाल पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। नेपालले पछिल्लो पटक भारतसँग गत सेप्टेम्बरमा दुइटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिँदा दोस्रो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

    हाल फिफा वरीयाताको १६९ औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो। फिफा वरीयताको १७२ औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।

    नेपालसँग प्रतिस्पर्धा गर्न सोमबार बिहान काठमाडौं आइपुग्ने मरिससले सन् २०१९ को मार्चदेखि जित निकाल्न सकेको छैन। २०१९ मार्च २१ मा न्यू क्यालेडोनियालाई ३–१ ले हराएयता मरिसस जितविहीन छ। त्यसयता मरिससले ९ खेल खेल्दा १ खेल बराबरी गर्नु नै उपलब्धि हो। बाँकी ८ खेलमा मरिसस पराजित भएको थियो।

    तीन वर्षको अवधिमा अफ्रिका कप अप नेसन्सको छनोटअन्तर्गत जिम्बावेसँग समग्रमा ७–१ ले पराजित हुँदा मरिसस विश्वकप छनोटमा मोजाम्बिकसँग समग्रमा ३–० ले हारेको थियो।

    मरिससको टिममा युरोपका क्लबबाट व्यवसायिक खेल्ने खेलाडी छन्। डिफेन्डर लिन्ड्ले रोस पोल्यान्डको शीर्ष डिभिजनको क्लब लेगिया वार्साबाट खेल्छन्।

    यस्तै मिडफिल्डर एडेल लाङले स्पेनिस ला लिगा क्लब अलाभेसबाट खेल्ने गरेका छन्। मिडफिल्डर जेरेमी भिलेनिभ फ्रान्सको दोस्रो डिभिजनको क्लब लु पे र फरवार्ड ग्यारी नोइल इंग्ल्यान्डको क्षेत्रीय लिग खेल्ने क्लब लेविस एफसीमा आबद्ध छन्।

    नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरूद्धको खेललाई सिक्ने अवसरको रूपमा लिएको बताएका छन्। यो खेलका लागि नयाँ खेलाडीलाई मौका दिने पनि उनको भनाइ छ।

    गत सातादेखि प्रशिक्षण थालेको टिममा प्रशिक्षक अब्दुल्लाहले ३४ खेलाडीलाई बोलाएका छन्। यीमध्ये पाँच खेलाडीलाई कोभिड(१९ को संक्रमण देखिएको छ। पाँचमध्ये तीन खेलाडी नेपाली टिमका महत्वपूर्ण खेलाडी भएको बताइएको छ।

     

     

     

     

     

     


    सोमवार, माघ १० २०७८०५:३३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij