Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन, तर पनि सत्ता गठबन्धन नै बलियो

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन, तर पनि सत्ता गठबन्धन नै बलियो

  • बिहिवार, माघ ६ २०७८

  • 811
    SHARES

  • राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन, तर पनि सत्ता गठबन्धन नै बलियो

    काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ ।

    जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् । दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।

    एमालेले महिलातर्फका उम्मेदबार बिना देवी साहलाई उम्मेदवार बनाएको थियो भने लोसपाले अन्य तर्फ उम्मेदवार तोके पनि उम्मेदवारी दिएको थिएन ।

    १९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये प्रदेश २ बाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् । मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।

    लोसपा र एमालेले गठबन्धन बनाएपनि सत्ता गठबन्धन नै बलियो रहेको छ ।


    बिहिवार, माघ ६ २०७८०३:२४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij