Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गरीदिन माधव नेपालको सुझाव

ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गरीदिन माधव नेपालको सुझाव

  • शनिवार, पौष २४ २०७८

  • 1.0K
    SHARES

  • ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गरीदिन माधव नेपालको सुझाव

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भुक्ने कुकरको संज्ञा दिनुभएको छ ।

    शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीलाई भुक्ने कुकुरको संज्ञा दिनुभएको हो । उहाँले कोही डाक्टर भए ओलीको उपचार गर्न उहाँले आग्रह गर्नुभयो ।

    ‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’

    ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच रहेको भन्दै अध्यक्ष नेपालले पार्टी एकता गरेर नेकपा बनाएपछि आफूहरूलाई हेप्न र अपमान गर्न थालेको टिप्पणी गर्नुभयो ।

    अध्यक्ष नेपालले ओलीलाई दम्भी, अहंकारी र खराब प्रवृतिको मान्छेको संज्ञा पनि दिनुभयो ।


    शनिवार, पौष २४ २०७८०२:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij