Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

  • सोमवार, पौष १९ २०७८

  • 1.0K
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

    काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

    आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको हो ।

    प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु भएको हो ।
    यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

    क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने जनाएको छ ।

    कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा भने थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका छन् ।


    सोमवार, पौष १९ २०७८०१:२१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij