काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गर्नुभयो ।
‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ’, उहाले भन्नुभयो ।
विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएको र यो महाधिवेशनको प्रतिवेदनमार्फत त्यसको सुरूआत गरेको प्रचण्डको भनाइ छ ।
अहिलेको राजनीतिक प्रतिवेदनलाई पूर्णदस्तावेजका रूपमा नबुझ्न उहाको आग्रह थियो ।