Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेन्ट्रल जोन भलिबल: अपराजित रहँदै नेपाल फाइनलमा

सेन्ट्रल जोन भलिबल: अपराजित रहँदै नेपाल फाइनलमा

  • सोमवार, पौष १२ २०७८

  • 665
    SHARES

  • सेन्ट्रल जोन भलिबल: अपराजित रहँदै नेपाल फाइनलमा

    काठमाडौँ । नेपालको महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित निकालेको छ ।

    ढाकामा आज राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो ।

    अपराजित रहेको नेपालले किर्गिस्तानमाथि २५–८, २५–१४ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ । नेपालले ५ खेलमा १४ अंक जोडेको छ ।

    अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्नेछ । आज नै श्रीलंकालाई ३–२ को सेटमा हराएर उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो ।

    यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।

    यस्तै चौंथो खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगाबै फाइनलमा पुगेको थियो ।

    प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।


    सोमवार, पौष १२ २०७८०२:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij