Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दीप बने नयाँ कप्तान

क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दीप बने नयाँ कप्तान

  • बुधवार, मंसिर २९ २०७८

  • 769
    SHARES

  • क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दीप बने नयाँ कप्तान

    काठमाडौं – नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । सन्दीप लामिछाने नयाँ कप्तान चयन भएका छन् ।

    संघको आज बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ ।

    मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।


    संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।

    क्यानले क्रिकेट खेलाडीहरुको ग्रेडिङ गर्दा पक्षपात भएको विषयमा उनीहरुले असन्तुष्टी जनाएका थिए ।

    यस विषयमा छानविन गर्न क्यानले समिति बनाएको थियो । समितिको सिफारिसका आधारमा निर्णय लिइएको हो ।


    बुधवार, मंसिर २९ २०७८०७:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij