Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस अब पनि सुध्रिएन भने समाप्त हुन्छ : गगन थापा

कांग्रेस अब पनि सुध्रिएन भने समाप्त हुन्छ : गगन थापा

  • मंगलवार, मंसिर २१ २०७८

  • 1.0K
    SHARES

  • कांग्रेस  अब पनि सुध्रिएन भने समाप्त हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
    काँग्रेसका युवा नेता तथा लेखक शंकर तिवारीद्वारा लिखित पुस्तक “कसले सुधार्छ काँग्रेस" काे विमोचन गर्दै उनले कांग्रेस सुधार्ने माैकाकाे रूपमा महाधिवेशन  आएकाे उल्लेख गरे। 

    उनले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकियाे भने के असर गर्छ भन्ने बोध गराउन सके मात्रै कांग्रेस बाँचिरहने बताए ।

    उनले कांग्रेसले चुनाव जित्छौँ भनिरहँदा आमजनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताए ।

    ‘कसले बिगार्यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रेन भने के हुन्छ ? भन्ने बारेमा गम्भीर भएर साेँच्नु पर्नेमा जाेड दिँदै उनले भने - कांग्रेस सुध्रेन भने कांग्रेस सकिन्छ ।

    हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो,‘ नेता थापाले भने, ‘नेपाली कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामी नौ लाख मान्छेलाई कांग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा कांग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’

    नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए ।

    कांग्रेस नेता थापाले यही २४ गतेदेखि काठमाडाैंमा हुने कांग्रेसकाे महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने घाेषणा यसअघि नै गरिसकेका छन् । 


    मंगलवार, मंसिर २१ २०७८०७:१६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij