काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाउनुभएको छ। खसेको २०९६ मतमध्ये उहाले १९७६ मत पाउनुभएको छ ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाउनुभएको छ ।
निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।