Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको नेतृत्व परिवर्तन मूख्य विषय हो : गगन थापा

कांग्रेसको नेतृत्व परिवर्तन मूख्य विषय हो : गगन थापा

  • शनिवार, मंसिर ११ २०७८

  • 783
    SHARES

  • कांग्रेसको नेतृत्व परिवर्तन मूख्य विषय हो : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताउनुभएको छ ।

    आज नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताउनुभएको हो ।

    उहाँले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताउनुभयो ।

    कांग्रेस नेता थापाले एमालेले गरेको महाधिवेशन ‘महाधिवेशन नभई ओलीधिवेशन’भएको टिप्पणी गर्नुभएको छ ।

    पार्टीमा मत भएकैले मतभेद हुने गरेको उहाले बताउनुभयो। ओलीधिवेशनमा मत हाल्न कोही स्वतन्त्र नरहेको आरोप लगाउँदै उहाले भन्नुभयो, ‘त्यहाँ मत हाल्न कोही पनि स्वतन्त्र छैनन्। त्यहाँ बाका सन्तान मात्रै छन्।’

    ओलीको पाउमा जसले तेल बढी घस्न सक्छ उही नै नारायणी किनारसम्म आउन सकेको उहाले आरोप लगाउनुभयो। उम्मेदवारी घोषणा तथा पार्टी भित्र हुने मतभेदलाई स्वाभाविक रुपमा लिनुपर्ने उहाले बताउनुभएको छ।

    कांग्रेसका हेरक व्यक्ति आफैंमा स्वतन्त्र हुने बाटो पार्टीले अंगालको उहाको जिकिर छ। कांग्रेसमा कार्यकर्ताले नेतृत्वमाथि प्रश्न उठाउन सक्ने थापाले बताउनुभयो।


    शनिवार, मंसिर ११ २०७८०३:३२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij