Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन

एमाले महाधिवेशनको बन्द सत्र सुरु

एमाले महाधिवेशनको बन्द सत्र सुरु

  • शनिवार, मंसिर ११ २०७८

  • 901
    SHARES

  • एमाले महाधिवेशनको बन्द सत्र सुरु

    काठमाडौँ । एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको हो । चितवनको सेभन स्टार होटल परिसरमा बन्द सत्र सुरु भएको हो । बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ५ घण्टा ढिला बन्दसत्र सुरू भएको हो । बन्द सत्रमा एमालेले आमन्त्रित गरेका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रिय कमिटीले हिजो पास गरेको विधान संशोधनलाई पनि बन्द सत्रमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

    अहिले बन्दसत्रस्थलमा प्रतिनिधि धमाधम प्रवेश गरिरहेका छन् । महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको एमालेले बन्दसत्रको मुलद्वारमा परिचयपत्र स्क्यान गरेरमात्र छिर्न दिइएको छ । क्यूआर कोर्ड स्क्यानमार्फत प्रतिनिधि र आयोजक यकिन गरी स्वयंसेवकहरूले उनीहरूलाई प्रवेश गराएका छन् ।

    बन्दसत्रमा हुनसक्ने सम्भावित घुसपेठलाई मध्यनजर गरी प्रवेशद्वारमा कडाइ गरिएको छ । परिचयपत्रबिनाका कसैलाई पनि भित्र पस्न दिइएको छैन ।

    हिजोदेखि सुरु भएको एमाले महाधिवेशन भोलीसम्म चल्नेछ ।


    शनिवार, मंसिर ११ २०७८०१:५०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij