Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जंगिए जबरा : म कुनै पनि हालतमा राजीनामा दिन्नँ

जंगिए जबरा : म कुनै पनि हालतमा राजीनामा दिन्नँ

  • मंगलवार, कार्तिक २३ २०७८

  • 1.1K
    SHARES

  • जंगिए जबरा : म कुनै पनि हालतमा राजीनामा दिन्नँ

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधानबमोजिम नियुक्त भएकाले संविधानबाहिरबाट दिइने दबाब र आन्दोलनसामु कुनै हालतमा नझुक्ने बताउनुभएको छ । कानून व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले राजीनामा नदिने प्रष्ट पार्नुभयो ।

    उहाँले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत संचालन गर्ने बताउनुभयो । राणाले अदालतमा अब सबै इजलासहरू निरन्तर चल्ने र असंवैधानिक कुनै पनि दबाब स्वीकार नगर्ने बताएको भेटमा सहभागी अधिवक्ता बसन्त बस्नेतले बताउनुभयो ।

    यसअघि विभिन्न अन्तवार्तामा पनि राणाले संविधानमा रहेको व्यवस्था भन्दा बाहिर आफू नजाने बताउँदै आउनुभएको थियो ।प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।

    तर जबराले भने न्यायाधीश र नेपाल बारले माग्दैमा राजीनामा नदिने र न्यायपालिकालाई नियमित रूपमा सञ्चालन गर्नका लागि आफूले जे गर्नुपर्ने हो त्यो गर्ने बताउनुभएको हो ।

    यता नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट न्याय पाउने सम्भावना समाप्त भइसकेकोले उहाँविरुद्धको आन्दोलनमा साथ दिन आग्रह गर्नुभएको छ । उहाँले प्रधानन्यायाधीश राणालाई बिचौलियाको नाइकेको संज्ञा दिनुभयो ।

    यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरा पैसामा लिप्त भएको आरोप लगाउनुभयो । संवैधानिक कानुन व्यवसायी मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले प्रधानन्यायाधीश पैसामा र आर्थिक विचलनमा लिप्त भएको आरोप लगाउनुभयो । अहिले न्यायालयको विवाद न्यायालय आफैंले र संसदले पनि दिन नसक्ने स्थिति देखिएको थापाले बताउनुभयो ।


    मंगलवार, कार्तिक २३ २०७८०७:३३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij