काठमाडौँ – सिंहदरबारमा गोली चलेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला गोली चलेको हो’, सचिवालयले भन्यो, ‘चलाउदै गर्दा पड्किएको हो । गोली कोही कसैलाई पनि लागेको छैन ।’
पेस्तोल पड्किएलगत्तै सुरक्षा निर्देशनालयले पीएसओ भारतीलाई फिर्ता बोलाइसकेको छ ।’
नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । यसैबीच थप सोधपुछका लागि पीएसओ भारतीलाई फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।
भारती करिव तीन महिनाअघि दाहालको पीएसओ नियुक्त भएकी थिइन् ।