Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै

एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै

  • सोमवार, कार्तिक ८ २०७८

  • 376
    SHARES

  • एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै

    काठमाडौं– अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप आज सोमबार नेपाल आइपुग्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो।

    माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो।

    अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ।

    उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।

    सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।

    यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो।


    सोमवार, कार्तिक ८ २०७८०७:०२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij