Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बारामा भोलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

बारामा भोलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

  • शनिवार, श्रावण १७ २०७७

  • 850
    SHARES

  • बारामा भोलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

    बारा । जिल्ला प्रशासन कार्यालय बाराले भोलि (आइतबार)देखि लागू हुनेगरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोनाभाइरसको जोखिम बढ्दै गएको भन्दै बढी भिडभाड हुने स्थानहरू तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि बारामा समेत जोखिम बढेकाले स्थानीय प्रशासनले भिडभाड हुने स्थानहरूमा भोलि बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

    हिजोसाँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आमनागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

    स्थानीय प्रशासनले निषेधाज्ञामार्फत पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीयतहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगञ्ज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुरलगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको जनाएको छ ।


    शनिवार, श्रावण १७ २०७७०१:५७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij