काठमाडौँ । पत्रकार ऋषि धमलाले आगामी दुई/तीन वर्षभित्र धादिङको राजमार्ग आसपासमा आफ्नो आमा–बुवाको नाममा सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गर्नुभएको छ । आफ्नो ४६औं जन्मदिन मनाउने क्रममा नेपाली रेडियो नेटवर्कमा आइतबार आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै धमलाले यस्तो बताउनुभएको हो ।
आफ्नो गृह जिल्लामा दुई/तीन वर्षभित्रै सुविधासम्पन्न अस्पताल बनाइसक्ने धमलाको घोषणा छ । ‘राजमार्गमा सयौंको संख्यामा विरामी बोकेर आएका एम्बुलेन्सहरु जाममा पर्छन्, उनीहरुले उपचार कहाँ गराउने ? त्यसकारण मैले मेरो बुवा–आमाको नाममा एउटा सुविधासमपन्न अस्पताल बनाउने सोच बनाएँ ।’
नेपाली रेडियो नेटवर्कका अध्यक्षसमेत रहेका पत्रकार धमलाले उक्त अस्पतालमा गरिब, असहाय, दिनदुःखीहरुको भने निःशुल्क उपचार गर्ने पनि घोषणा गर्नुभएको छ ।