कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरापालिकामा फैलिएको झाडापखालाबाट संक्रमित हुनेको संख्या एक हजार पाँच पुगेको छ ।
असोज १८ गतेदेखि नगरको ७, ८ र ९ क्षेत्रमा फैलिएको झाडापखाला तथा तथा वान्ता संक्रमणका कारण कात्तिक ४ गतेसम्म ४ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।
संक्रमितमध्ये ३६ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कात्तिक ३ गते १४ जना नयाँ संक्रमित थपिएकोमा ४ गते यो संख्या बढेर २८ पुगेको थियो । संक्रमितमध्ये ९६९ जना निको भइसकेका छन् ।