Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

हिमपातले हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार

हिमपातले हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार

  • बिहिवार, कार्तिक ४ २०७८

  • 474
    SHARES

  • हिमपातले हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार

    काठमाडौँ : हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जनाकै उद्धार गरिएको छ । हुम्लाको हिल्सा र लिमीको ट्रेकिङमा हिडेका स्लोभेनियाका ४ नागरिक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक बाक्लो हिउँ पर्दा तुम्लिङमा फसेका थिए । उनीह सबैको बिहीबार उद्धार गरिएको हो ।

    चार विदेशी नागरिक र टुरिस्ट गाइडसहित उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको जानकारी दिए । उनीहरु असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएका थिए ।


    बिहिवार, कार्तिक ४ २०७८०३:०४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij